कालिका पावरले माघ ३० मा डाक्यो एजीएम, के–के छन् प्रमुख एजेन्डा ?
  • 06 Feb, 2021

कालिका पावरले माघ ३० मा डाक्यो एजीएम, के–के छन् प्रमुख एजेन्डा ?

काठमाडौं : कालिक पावर कम्पनीको वार्षिक साधारण सभा माघ ३० गते बस्दैछ । सभामा वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६–०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत एवं सञ्चालक चयन गर्ने लगायत एजेन्डा छन् ।
 

सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गतेबाट १९ गतेसम्म बुक क्लोज गरिसकेको छ । माघ १५ गतेसम्म सेयर होल्ड गर्ने लगानीकर्ताले मात्र साधारण सभामा भाग लिन पाउने छन् । हाल यसको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ ।