कालिका पावरको आज एजीएम, यस्ता छन् प्रमुख एजेन्डा
  • 19 Feb, 2021

कालिका पावरको आज एजीएम, यस्ता छन् प्रमुख एजेन्डा

काठमाडौं : कालिका पावर कम्पनीको वार्षिक साधारण सभा आज बिहीबार (फागुन ८ गते) कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभामा वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसैगरी, आर्थिक वर्ष २०७५–०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत गरिनेछ । सञ्चालक चयन गर्ने लगायतका एजेन्डा पनि रहेका छन् । 

साधारण सभाका लागि कम्पनीले माघ २६ गतेदेखि माघ २९ गतेसम्म बुक क्लोज गरेको थियो । माघ २५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । हाल यस कम्पनीको चुक्ता पँुँजी ६० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कालिकाले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७८ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ५७ पैसा रहेको छ ।